बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्री ओली आज जनकपुरधाम जाँदै

मंगलबार, जेष्ठ २७ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार जनकपुरधाम जाँदै छन् । राजर्षिजनक विश्वविद्यालयको पहिलो तथा ऐतिहासिक दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री एवम् कुलपति ओली जनकपुरधाम जान लागेका हुन् ।

आज जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजना हुने विश्वविद्यालयको दिक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षित गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ ।

केन्द्रीय परीक्षा सञ्चालन तथा अभिलेख केन्द्रका अनुसार तीन ब्याचमा स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण ११५ जना विद्यार्थी दीक्षित हुनेछन् ।