बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सभामुख र प्रमुख सचेतबीच छलफल, संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न सभामुखकाे आग्रह

आइतबार, जेष्ठ २५ २०८२

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउने विषयमा प्रमुख तीन दलका प्रमुख सचेतक र मुख्य सचेतकसँग छलफल गरेका छन्।

सभामुख घिमिरेले सिंहदरबारमा आज बिहान नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् ।

सभामुखले राजनीतिक दलहरूबीच सहमतिका लागि पटक–पटक संसद् बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाए । संसद् अवरोधका कारण आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न आग्रह गरे ।

प्रमुख विपक्षी माओवादी केन्द्रका मुख्य सचेतक पाण्डेले आज नै पार्टी अध्यक्ष पुष्पकमल दाहालले बानेश्वरमा विपक्षी दलको बैठक बोलाएकाले त्यसपछि आफूहरूको धारणा दिने बताए ।

सत्तारुढ एमालेका प्रमुख सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोर्होए ।