बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अनेरास्ववियुको २४ औँ महाधिवेशन आजदेखि सुरु, अध्यक्षमा चार जनाको दाबेदारी

आइतबार, जेष्ठ २५ २०८२

काठमाडौं । अनेरास्ववियुको २४ औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनका लागि निर्वाचन प्रक्रिया अघि बढाउन सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।

जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालको संयोजकत्वमा गठित मण्डलमा पूर्व अध्यक्षहरू माधव ढुंगेल, किशोरविक्रम मल्ल, नवीना लामा, ऐन महर, सुनिता बराल र समिक बडाल रहेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा हुने महाधिवेशनमा अनेरास्ववियुमा पहिलो पटक ३२ वर्षे उमेरहद लागू भएको छ ।

महाधिवेशनका लागि देशभरीबाट १५०० को हाराहारीमा प्रतिनिधिहरू आएका छन् । सहमति भएको खण्डमा पाँच जना सचिवहरूबाटै एक जना अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारी चयन गरिनेछ ।

अध्यक्षका हालका चार जना उपाध्यक्ष र एक जना महासचिव त्यो दौडबाट बाहिर छन् भने अध्यक्षका चार जना सचिवहरू प्रतिस्पर्धामा उत्रिएका छन् । चार जनाले नै आफ्नो दाबेदारी नछाडेको खण्डमा मतदानमार्फत नेतृत्व चयन गरिने अध्यक्षका दाबेदार डाक्टर सुजन कडरियाले बताए । हाल  प्रकाश पौडेल, दीपक धामी, डा सुजन कडरिया, आरती भट्टराई र अञ्जना सिवाकोटी अध्यक्षका आकांक्षी छन्

अन्तिमसम्म सहमतिको प्रयास जारी राख्ने सहमति हुन नसके विद्युतीय भोटिङ मेसिनमार्फत मतदान हुने तयारी छ ।

नेकपा एमालेले भने सहमतिको आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएको छ ।