आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सप्तकोशीमा बेपत्ता सुरक्षाकर्मीको खोजी जारी, एक जनाको शव भेटियो

शुक्रबार, जेष्ठ २३ २०८२

सुनसरी । विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ ।

उक्त टोलीले बेपत्ता भएका सशस्त्र प्रहरी जवान झापाका हरेदेव राजवंशीको शव केहीबेरअघि सप्तकोशी किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

हराइरहेका अर्का प्रहरी जवान डोटीका सुरज साउदको खोजी जारी छ । सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालयले सप्तरी र सुनसरीलाई छुट्याउने सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा विहीबार २ जना गोताखोर बेपत्ता भएका थिए ।