बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कान्तिलोकपथ चार दिन बन्द हुने, अन्य वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

मंगलबार, जेष्ठ २० २०८२

हेटौंडा । कान्तिलोकपथ (काठमाडौं-हेटौंडा सडक)  चार दिन बन्द हुने भएको छ। कान्ति राजमार्ग सडक खण्डमा जेठ २१ गतेदेखि २४ गतेसम्म सवारी आवागमन बन्द हुने भएको हो।

कान्ति राजमार्ग सडक योजना, ललितपुरको पत्र संख्या २०८१/०८२, च.नं. २२५, जेठ -१८ को पत्रबमोजिम कान्ति राजमार्ग सडक योजना अन्तर्गत पर्ने बगुवा, बागमती खोलामा निर्माणाधीन रहेको बेलीब्रिज जडान कार्यका लागि जेठ २१ गतेदेखि २४ गते सम्म (४ दिन) उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरेको छ।

सो अवधिमा हेटौडा-काठमाडौं वा काठमाडौं-हेटौडा यात्रा गर्नुपर्ने सवारी साधनहरूले अन्य वैकल्पिक मार्ग (कुलेखानी-कलंकी-हुमाने वा कुलेखानी-सिस्नेरी-फर्पिङ सडक) को प्रयोग गर्न सूचनामा आग्रह गरिएको छ।