बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशहरु विरुद्ध उजुरी

शुक्रबार, जेष्ठ १६ २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफ्ताव आलम लगायत रौतहट बम विस्फोटमा संलग्नहरुलाई सफाइ दिने उच्च अदालतका दुई न्यायाधीशहरुमाथि छानविन गरी कारवाही गर्नुपर्ने माग सहित न्यायपरिषदमा उजुरी परेको छ ।

युवराज पौडेलले फैसला गर्ने न्यायाधीशहरु डा खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानविन गर्नुपर्ने माग राखी परिषदमा निवेदन दिएका हुन् । फैसलापछि न्यायाधीशद्वय थारु र महर्जनको कार्यसम्पादनमाथि प्रश्न उठिरहेका बेला पौडेल उजुरी दिएका हुन् ।

बम विस्फोट गरी व्यक्ति हत्या गरेको आरोपमा जन्मकैद सजाय पाएका आलमलाई उच्च अदालतले सफाइ दिएको थियो । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै उहाँलाई सफाइ दिएको हो ।

वीरगञ्ज अदालतबाट सफाइको पत्र प्राप्त भएसँगै उनलाई बुधबार राति कारागारबाट छाडिएको थियो ।

उनीहरु पदमा रहँदा न्यायसम्पादन नै प्रभावित हुनसक्ने भन्दै उनीहरुलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग छ । उजुरीमा उनीहरुले विगतमा गरेको फैसलामाथि पनि अध्ययन गर्नुपर्ने माग राखिएको छ ।