आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन

शुक्रबार, जेष्ठ १६ २०८२

काठमाडौं । गोरखापत्र दैनिकका पूर्वसम्पादक तथा वरिष्ठ साहित्यकार विजय चालिसेको निधन भएको छ ।

उनी प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष समेत हुन् ।

चालिसेको आज बिहान ९:३० बजे ७४ वर्षको उमेरमा निधन भएको प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले जानकारी दिए ।

उनको अहिले गोकर्णेश्वर घाटमा दाहसंस्कार हुने बताइएको छ ।

चालिसे नेपाली साहित्य, पत्रकारिता र सामाजिक चेतनाको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका थिए ।

उनले पत्रकारिता, आख्यान, विज्ञान आख्यान एवं बालसाहित्य समेत दर्जनौं किताब लेखेका छन् ।