आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

माओवादी पदाधिकारी बैठक : गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने

शुक्रबार, जेष्ठ १६ २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । पदाधिकारी बैठकले गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको सचिव लीलामणि पोखरेलले बताए।

उनले भने, ‘हामीले यो विषय उठाइसकेका छौं। अब अन्य दलको पनि साथ लिएर गृहमन्त्रीको राजीनामा नआएसम्म सदनमा सशक्त भूमिका खेल्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौं।’

हिजो संवैधानिक बाध्यताअनुसार बजेट पेश गर्न दिएको भएपनि गृहमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने माओवादीले जनाएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको माओवादी केन्द्रले जनाएको छ । यस्तै माओवादी केन्द्रले मध्य पहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियान जेठ २१ गतेदेखि सुरु गर्ने भएको छ ।