आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

संसदको अवरोध हटाउन सभामुखले थाले छलफल

शुक्रबार, जेष्ठ १६ २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक र सचेतकहरुसँग छलफल सुरु गरेका छन् ।

प्रतिपक्षी दलहरुले सदनमा जारी राखेको अवरोध हटाउने, संसद्‍मा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल लगायतका एजेन्डामाथि छलफलका लागि सभामुख घिमिरेले बैठक आह्वान गरेका हुन्।

घिमिरेले सुरुमा मुख्य सचेतक र सचेतकलाई बैठकका लागि बोलाएका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलले संसद् अवरुद्ध गरेपछि सभामुख संसद खुलाउने प्रयासमा लागेका हुन्।

जेठ १५ गते बजेट प्रस्तुत गर्न दिएका विपक्षी दलहरुले आजबाट अवरोधको कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् ।