बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संसदको अवरोध हटाउन दलका मुख्य सचेतक र सचेतकसँग छलफल गर्दै सभामुख

शुक्रबार, जेष्ठ १६ २०८२

काठमाडौं । अवरुद्ध प्रतिनिधि सभा खुलाउन सभामुख देवराज घिमिरेले छलफल थालेका छन्।

सभामुख घिमिरेल शुक्रबार छलफलका लागि संघीय संसद् प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र सचेतकलाई छलफलमा बोलाएका छन् ।

सभामुखको निजी सचिवालयका अनुसार बिहान ११ बजे मुख्य सचेतक र सचेतकसँग छलफल गरेपछि सभामुख घिमिरेले १२ बजेका लागि कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलले संसद् अवरुद्ध गरेपछि सभामुख संसद खुलाउने प्रयासमा लागेका हुन्।

जेठ १५ गते बजेट प्रस्तुत गर्न दिएका विपक्षी दलहरुले आजबाट अवरोधको कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् ।