काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज गणतन्त्र दिवसलाई विशेष उत्सवका रुपमा मनाउँदै छ ।
एमालेले सातदशक लामो बलिदानपूर्ण सङ्घर्षको बलबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रुपमा मनाउन लागेको हो ।

काठमाडौंका विभिन्न ठाउँबाट एमालेको र्याली सुरू भएको छ ।
उपत्यकाका विभिन्न स्थानबाट आफ्नो मौलिक भेशभूषामा पार्टीका कार्यकर्ता सांस्कृतिक झाकीसहित र्याली भृकुटीमण्डमा पुगेर उत्सवमा सहभागी हुँदैछन् ।
