आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

भृकुटीमण्डप-रत्नपार्क क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मी

बिहिबार, जेष्ठ १५ २०८२

काठमाडौं । आज गणतन्त्र दिवसको दिन नेकपा एमाले र राजावादीहरुले गर्ने छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् ।

एमालेले गणतन्त्र दिवसलाई उत्सवको रूपमा झाँकीसहित मनाउन विशेष कार्यक्रम गर्दैछ भने राप्रपाले गणतन्त्रको विरोध र राजसंस्था पुनर्बहालीको मागसहित आन्दोलन गर्न लागेको हो ।

एमालेले ११ बजेदेखि करिब साढे २ बजेसम्म र राजावादीहरुले त्यसलगत्तै प्रदर्शन गर्ने तयारी गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिले एमालेलाई कार्यक्रम गर्न र त्यसपछि राजावादीको प्रदर्शन गर्न समय छुट्याएको हो । त्यसपछि शान्तिबाटीका क्षेत्रमा प्रदर्शनका लागि राजावादीलाई समय दिइएको छ ।

गणतन्त्र पक्षधर र विरोधीहरुको प्रदर्शन स्थल र प्रदर्शन समय अलग अलग भए पनि काठमाडौं उपत्यकाको यातायात आवागमन प्रभावित हुने सम्भावना छ ।

प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।