बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रिय युवा सङ्घलाई एकढिक्का बनाउँछौँ : नवनिर्वाचित अध्यक्ष थेबे

बिहिबार, जेष्ठ १५ २०८२

गण्डकी ।  राष्ट्रिय युवा सङ्घ नेपालका नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेले सङ्घभित्रको आन्तरिक एकतालाई थप मजबुत पारिने बताएका छन् ।

पोखरामा मङ्गलबार सम्पन्न सङ्घको दशौँ राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित थेबेले बुधबार पत्रकार सम्मेलनमा सङ्घलाई एकढिक्का बनाउने उल्लेख गरेका हुन् ।

“महाधिवेशन स्वस्थ तवरबाट सम्पन्न भएको छ, यो हार–जितको विषय नभई  सङ्गठनभित्रको आन्तरिक प्रतिस्पर्धा हो”, उनले भने, “प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने कुरालाई यो महाधिवेशनले स्थापित गरेको छ ।”

महाधिवेशनबाट जित्नेहरु उत्साही हुुनुपर्ने र पराजित भएका निराश हुनुपर्ने आवश्यकता नरहेको थेबेको भनाइ थियो ।

अध्यक्षका अर्का प्रत्याशी सुमन पुरीलाई पराजित गर्दै थेबे अध्यक्षमा निर्वाचित भएका हुन् ।