काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता लालबाबु पण्डितकी धर्म पत्नी विमला महतको निधन भएको छ ।
विमलाको गए राति १२:४५ बजे निधन भएको पूर्वमन्त्री पण्डितले नै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
लामो समयदेखि मायसाइटिस भन्ने दुर्लभ रोगसँग जुधिरहेकी महतको निधन भएको हो।
महतको ६० वर्षको उमेरमा निधन भएको हो ।