बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गृहमन्त्री लेखकसहित प्रधानमन्त्री निवास बालुवाटार पुगे सभापति देउवा

बुधबार, जेष्ठ १४ २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

संसदमा विपक्षीले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान राखेका बेला मन्त्री लेखक र सभापति देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालुवाटार पुगेका हुन् ।

बजेटको सम्मुखमा विपक्षी दलले भिजिट भिसामा गृहमन्त्रीको समेत कनेक्सन रहेको भन्दै राजीनामा माग्दै सदन अवरोधमा उत्रेका छन् ।

विपक्षीको अवरोधले सदनमा बजेट पेस गर्न सरकारलाई सकस पर्ने देखिएपछि सत्तारुढ दलका शीर्ष नेता छलफलमा जुटेका हुन् ।

प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ । तर प्रतिपक्ष दलले अवरोध पार्ने सम्भावना छ। सरकारले बिहीकार बजेट सार्वजनिक गर्दैछ।