आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

राजेन्द्र बजगाईँले उठाए शशाङ्क कोइरालाले पाएको करोडौँको उपहारमाथि प्रश्न

मंगलबार, जेष्ठ १३ २०८२

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले अनुसन्धानका लागि राजीनामा दिनु पर्ने विषय बोलेको भन्दै नेपाली कांग्रेसको सोमबार बसेको पदाधिकारी बैठकमा नेता शशाङ्क कोइरालालगायतले आवाज उठाएका थिए ।

यथार्थ बुझ्दै नबुझि गृहमन्त्रीका विषयमा कांग्रेसकै नेताले राजीनामा मागेकाे भन्दै बैठकमा प्रश्न उठेकाे थियाे ।

बैठकपछि पूर्वमहामन्त्री डा शशांक कोइरालाले बैठकमा नेता डा शेखर कोइरालासँगै सांसदहरू सुनील शर्मा र राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोध्नुपर्ने माग उठेको जानकारी दिएका थिए ।

त्यसको प्रतिक्रिया स्वरुप सांसद राजेन्द्र बजगाईँले गृहमन्त्री रमेश लेखकको बचाउ गर्दै आफूलाई स्पष्टीकरण सोध्नुपर्छ भन्ने शशाङ्क कोइरालाले पाएकाे करोडौँको उपहारमाथि प्रश्न उठाएका छन् ।

उनले कोइरालाले पाएको तीन वटा गाडी, सुनको रोलेक्स घडी, पैसा र घरको पुनर्निर्माणको विषयमा स्पष्टीकरण मागिने भन्दै सामाजिक सञ्जाल एक्समा फोटोसहित स्टाटस लेखेका छन् ।

“म चाहन्नथेँ कि मलाई ती एसयूभी उपहारहरू (एउटा किया, दुई महिन्द्रा), सुनको रोलेक्स घडीहरू, नगदले भरिएका झोलाहरू, तथाकथित ‘घर मर्मत’, वा राजनीतिक पदहरूको किनबेचबारे प्रश्न उठाउनुपरोस् ! अनिवार्य रूपमा तपार्ईंबाट स्पष्टीकरण मागिनेछ।” उनले लेखेका छन् ।