आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

भिजिट भिसा प्रकरण : आज गृहमन्त्री लेखकले संसदमा जवाफ दिने

सदन अवरोध गर्ने रास्वपाको तयारी

मंगलबार, जेष्ठ १३ २०८२

काठमाडौं । ​ आजको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई अनायासै मुछेको भन्दै त्यसको संसदमा जवाफ दिने भएका छन्।

मन्त्री लेखकले विशेष समय लिएर त्यस बारेमा प्रष्ट पार्ने जनाइएको छ। यद्यपि विपक्षी दलहरुले भने मन्त्रीले राजीनामा दिनुपर्ने भन्दै संसद अवरोध गर्ने बताइरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज बस्ने संसद बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै सदन अवरोध गर्ने तयारी गरेको छ । अन्य प्रतिपक्षी दलहरूले समेत गृहमन्त्रीको राजीनामाको माग चर्काउने भएका छन् ।

रास्वपाको हिजो बसेको संसदीय दलको बैठकले आजको संसद बैठकमा गृहमन्त्री लेखक विरुद्ध कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको थियो । यसबमोजिम आजको संसद बैठक अवरोध गर्ने तयारी रहेको पार्टी स्रोतले बतायो ।

भिजिट भिसाको नाममा मानव तस्करी भइरहेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उनीमाथि अख्तियारले छानबिन गर्ने भएपछि त्यसको अघिल्लो दिन नै सरुवा गरिएको थियो।