काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान साढे १० बजे बस्ने गरि बैठक बोलाइएको हो ।
संसदीय दलको कार्यालयमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र भिजिट भिसा प्रकरणबारे छलफल हुने राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए ।
आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी विपक्षी दलहरूले गरिरहेका छन् ।