काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार पुगको थिए । शनिबार नाति हृदयेन्द्रलाई लिएर उनी आमा रत्न शाहलाई भेट्न नारायणहिटी पुगेका हुन्।
ज्ञानेन्द्रसँगै उनकी श्रीमती कोमल शाह पनि गएकी थिइन् । हृदयेन्द्रले रत्नलाई भेट्ने आग्रह गरेपछि ज्ञानेन्द्र नारायणहिटी गएको संवाद सचिव फणिराज पाठक जानकारी दिएका छन् ।
संविधानसभाबाट राजतन्त्र अन्त्य गरिएपछि ज्ञानेन्द्रले विस २०६५ जेठ २९ गते नारायणहिटी छाडेका थिए । तर उनकी आमा रत्न नारायणहिटीको महेन्द्र मन्जिलमा बस्दै आएका छन् ।