मोरङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालालले ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिए राम्रो सन्देश जाने बताएका छन्र ।
अध्यागमन ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्रीको नाम जोडिएको कुरा बाहिर आएकाले यस विषयमा आफूलाई निष्पक्ष देखाउन पनि मन्त्री रमेश लेखकले छानबिन समिति बनाएर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताएका छन् । त्यतिञ्जेल पदबाट राजीनामा दिए राम्रो सन्देश जाने उनको जिकिर थियो ।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
यस्तै उच्चपदस्थ कर्मचारीहरूलाई दुई वर्ष ‘कुलिङ पिरियड’मा राख्ने व्यवस्था गरिनुपर्नेमा उनले जोड दिए ।
एक अर्को विषयमा नेता कोइरालाले हिन्दू राष्ट्र तथा राजतन्त्रको बहस गर्नुको साटो मुलुकमा सुशासन कायम गरी आर्थिक समृद्धि ल्याउनेतर्फ लाग्न सबैको ध्यान जानु आवश्यक भएको विचार राखे ।
यसैगरी उनले पार्टीको महाधिवेशन तोकिएकै समयमा गराउन आमपार्टी कार्यकर्ताले दबाब दिनुपर्नेमा जोड दिए ।