काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ ।
शुक्रबार मात्र पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेको छ । यसैबीच रास्वपाले सचिवालय बैठक र केन्द्रीय समितिको बैठक बोलाएको हो ।
सचिवालयको आकस्मिक भर्चुअल बैठकले बैठक बसेर उक्त विषयमा छलफल गर्ने निर्णय गरेको हो ।
आज दिउँसो तीन बजे पुन: सचिवालय र चार बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्ने रास्वपाले जनाएको छ ।
शनिबारको बैठकपछि आइतबार दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बस्ने रास्वपाको निर्णय छ ।
लामिछानेलाई सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत बुटबलले गरेको आदेश शुक्रबार सदर गरिदिएपछि रास्वपा नेताहरुले बैठकमा अबको रणनीति तय गरिने बताइएको छ।