आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रधानमन्त्री ओली आज पोखरा जाँदै

शुक्रबार, जेष्ठ ९ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार आज पोखरा जाने भएका छन् ।

पोखरामा हुने एमाले निकट युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटनका लागि प्रधानमन्त्री ओली जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीले मध्यान्ह १२ः१५ बजे उद्घाटन गर्ने कार्यक्रम छ । उनी बिहान ११ः३० बजे पोखरा जाने तयारी छ ।

प्रधानमन्त्री ओलीसँगै महासचिव शंकर पोखरेल, उपमहासचिव एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ पनि शुक्रबार नै पोखरा आउने एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए।