आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

चट्याङ लागेर एक महिलाको मृत्यु

शुक्रबार, जेष्ठ ९ २०८२

जुम्ला । चट्याङ लागेर यहाँ एक महिलाको मृत्यु भएको छ ।

विहीबार दिउँसो ४ बजेतिर चट्याङ लागेर यहाँको तातोपानी गाउँपालिका–८ स्थित टोप्ला गाउँकी २७ वर्षीया कल्पना शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीनबाबु रेग्मीले जानकारी दिए ।

मृतक शाही सुब्बाकुना पाटनमा यार्सागुम्बा खोज्न जानुभएको थियो । पाटनमा यार्सागुम्बा खोज्ने क्रममा चट्याङ परी मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी पठाइएको प्रहरीले जनाएको छ ।