काठमाडौं । राज फर्काउन गरिने संयुक्त जनआन्दोलन समितिको सहकार्य प्रस्तावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चासो नदेखाउने निर्णय गरेको छ ।
जेठ १५ गतेदेखि राजा फर्काने आन्दोलनमा ऐक्यबद्धता जनाउन संयोजन नवराज सुवेदीले पठाएको पत्रको रास्वपाले कुनै औपचारिक प्रतिक्रिया नदिने भएको हो ।
जावादी समूहका संयोजक नवराज सुवेदीले रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई सम्बोधन गर्दै सहकार्यका लागि पत्र पठाएका थिए। तर, अर्यालले उक्त पत्रको औचित्य नबुझेको भन्दै जवाफ नदिने बताएका हुन्। “पत्रको जवाफ हामी दिँदैनौं, आन्दोलनमा समर्थन पनि हुँदैन,” — डोलप्रसाद अर्याल, कार्यवाहक सभापति, रास्वपा रास्वपाले राजावादी समूहद्वारा जेठ १५ बाट सुरु हुन लागेको अनिश्चितकालीन आन्दोलनलाई पर्ख र हेर को अवस्थामा राखेको छ। तत्काल कुनै धारणा सार्वजनिक नगर्ने निर्णय लिइएको अर्यालले जानकारी दिए।
सुवेदीले संयुक्त जनआन्द्योलन समितिले जेठ १५ गतेदखि आन्दोलन प्रारम्भ गर्न लागेको अवगत गराएका थिए ।
पत्रमा भनिएको छ, ‘तपाईंको पार्टीका सभापति श्री रवि लामिछानेज्यूले पनि हालको व्यवस्था अन्तर्गत निष्पक्ष न्याय पाउन सकिनेमा शंका व्यक्त गर्नुभएको तथ्य सर्वविदित छ । राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरू दलिय हस्तक्षेप र दलीयकरणको गम्भीर शिकार बनिसकेको सन्दर्भमा यस व्यवस्थाबाट तपाईंहरू पनि सन्तुष्ट हुनुहुन्न भन्ने हाम्रो बुझाइ छ । यसैले वर्तमान व्यवस्था परिवर्तन गर्नु आजको ऐतिहासिक आवश्यकता हो भन्ने कुरामा हामीबीच साझा समझदारी हुन सक्ने आशा लिएको छु ।’