बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हेर्दाहेर्दैमा राखिएको रविको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज पनि सुनुवाइ

बुधबार, जेष्ठ ७ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा आज पनि सुनुवाइ हुँदैछ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा भएको सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

गत वैशाख ७ गते लामिछानेका तर्फबाट उहाँकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराउनुभएको थियो । यसअघि पटक–पटक हेर्न नमिल्ने भएर स्थगित हुँदै आएको रिटमा मङ्गलबार भने सुनुवाइ भएको हो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन गरेको आदेशविरुद्ध सर्वोच्चमा रिट निवेदन दिइएको थियो ।