आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

स्वास्थ्यका कारण प्रधानमन्त्री आज संसदमा नजाने, प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो

मंगलबार, जेष्ठ ६ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर आज नहुने भएको छ ।

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा मंगलबारका लागि पूर्वनिर्धारित सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइएको हो ।

संसद सचिवालयले आज प्रधानमन्त्रीसँग सांसदहरू प्रश्नोत्तरको कार्यसूची राखेको थियो ।

आज विहान ११ बजेका लागि संसद बैठक आह्वान भएको छ ।