काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारी जाेगाउने नेतृत्व गरेकाे आराेप लगाएका छन् ।
उनले सामाजिक सञ्जालमा यस्ताे आराेप लगाएका हुन् । सोमबार सिंहदरबारमा गणतन्त्र दिवस आयोजनाका लागि भएको बेठकमा प्रधानमन्त्री ओलीले मेयर बालेनको अनुपस्थितिबारे प्रश्न उठाउँदै कारण सोध्न भनेका थिए । त्यसकाे जवाफ पर्काउँदै बालेनले कार्यक्रममा नजाने भनेर जवाफ फर्काएका हुन् ।
बालेनले फेसबुकमा लेखेका छन्, ‘ जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा ,देशको सबै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ , त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?’
उनले अगाडि लेखेका छन्, ‘सरी केपी ओली आई डन्ट सपोर्ट योर करप्ट सिस्टम ।’
आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउन आयोजित बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नआएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न उठाएका थिए । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन्द्र साहले संघीय सरकारका औपचारिक बैठक र छलफलमा सहभागिता जनाउने गरेका छैनन् ।