आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

हिमाली क्षेत्रका जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानान्तरण गरिनुपर्छ : महासचिव पोखरेल

सोमबार, जेष्ठ ५ २०८२

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले हिमाली क्षेत्रका बस्तीको सुरक्षामा ढिलाइ गर्न नहुने बताएका छन् ।

हुम्लामा पहिरोले पुर्‍याएको क्षतिपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले हिमाली क्षेत्रका जोखिमपूर्ण बस्तीलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताएका हुन् ।

जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पार्न सक्ने प्रभावको विषयमा नेपालमा सगरमाथा संवाद चलिरहेको बेला हुम्लाको नम्खामा आएको बाढी पहिरोले बस्तीमा क्षति पुर्‍याएपछि पोखरेलले त्यस्तो प्रतिक्रिया जनाएका हुन् ।