काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुत्ति पेचिलो बनिरहेका बेला आज साँझ मन्त्रिपरिषद्को बैठक बस्दै छ ।
आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाइएको भएपनि आज बस्ने बैठकमा गभर्नर नियुक्त हुनसक्ने जनाइएको छ ।
सरकारले बुधबार गभर्नर सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे समितिमा छन् ।
समितिको बैठक आजै बसेर गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने र ती मध्येबाट एक जनाको नाम मन्त्रिपरिषदले अनुमोदन गर्ने जनाइएको छ ।