काठमाडौं । पशुपति क्षेत्र विकास काेषका कार्यालय प्रमुख र सहायक पुजारीसहित पाँच जना जुवा खालबाट पक्राउ परेका छन् ।
चार भण्डारीका मूल भण्डारी कविन्द्रराज र कार्यालय प्रमुख ईश्वरमान भण्डारीसहितका पाँच जनालाई प्रहरीले शनिबार दिउँसो पशुपति क्षेत्र विकास कोषको जय बागेश्वरीस्थित अफिसमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेकाे हो ।
प्रहरीले जयवागेश्वरी बस्ने ६६ वर्षीय भीम संगत, ६७ वर्षीय कविन्द्र भण्डारी, ५९ वर्षीय ईश्वरराज भण्डारी, ४५ वर्षीउ अनुज संगत र ५६ वर्षका बुद्धि तामाङ तथा धादिङको गजुरी गाउँपालिका- ८ घर भएका ४३ वर्षीय देवीबहादुर अधिकारी र बागलुङको वेशीखोला गाउँपालिका– १ घर भएका ५४ वर्षका रेशम सिजालीलाई १ लाख ७ हजार ९१५ रूपैयाँसहित नियन्त्रणमा लिइएको छ ।

समाचार स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त गौशलाबाट खटिएको डिएसपीसहितको टोलीले उनीहरूलाई शनिबार दिउँसो करिव ४ बजेतिर पशुपति क्षेत्र विकास कोषको जय बागेश्वरीस्थित अफिसबाट जुवा खेलिरहेकाे अवस्थामा पक्राउ गरेको थियाे । उनीहरूकाे साथबाट नगद पनि बरामद गरिएकाे छ । उनीहरूलाई नगद र ४ बुक ताससहित पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ ।
उनीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट आइतबार पाँच दिनको म्याद थप भइ अनुसन्धान भइरहेको छ । हाल उनीहरूलाई महानगरीय प्रहरी वृत्त गौशलामा राखिएकाे छ ।
