आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मिश्रको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीशद्वय चुडाल र श्रेष्ठको इजलासमा

मिश्रलाई अदालत लगियो

शुक्रबार, जेष्ठ २ २०८२

काठमाडौं  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको तर्फबाट उनीकी श्रीमती सारिका कार्कीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेशी चढेको छ ।

आज  सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुँदैछ ।

गत चैत १५ गते तीनकुनेमा राजावादी समूहले प्रदर्शन गरेको थियो । उक्त प्रदर्शन हिंसात्मक बन्दा २ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीहरुले नीजी भवन, व्यवसायिक भवन र सार्वजनिक सम्पत्ति तोडफोट, आगजनी र लुटपाट गरेका थिए । सोही दिन बेलुका प्रक्राउ परेका मिश्र अझै थुनामा छन् ।

मिश्रलाई सर्वोच्च अदालत उपस्थित गराइएको छ ।

यसैबीच बयानका लागि उनलाई अदालत आज लगिएको छ।

मिश्रको तर्फबाट सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिटमा यसअघि सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।