आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सतुङ्गलको कपडा पसलमा आगलागी

बिहिबार, जेष्ठ १ २०८२

काठमाडौं । काठमाडौंको सतुंगलमा आगलागी भएको छ । आज बिहान साढे ५ बजेतिर चन्द्रागिरि नगरपालिका–११ सतुंगल चोकस्थित एक व्यवसायिक कम्प्लेक्सकाे कपडा पसलमा आगलागी भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

प्रहरीका अनुसार आगलागी भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख विश्व अधिकारी र डीएसपी सुन्दर तिवारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी वृत्त थानकोट, प्रहरी प्रभाग बलम्बु, मातातिर्थ प्रहरी चौकी लगायत विभिन्न निकायबाट करिब ३० जना सुरक्षाकर्मी परिचालित भएका थिए।

आगो करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएका थिए ।

आगलागीबाट के कति क्षति भयो भन्ने विवरण यकिन भइसकेको छैन ।