काठमाडौं । पत्रकार फणि महतको निधन भएको छ।
दुई दशकदेखि पत्रकारितामा सक्रिय महतको मंगलबार राति निधन भएको हो । उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
ब्रेन ट्युमर रोगबाट पीडित पत्रकार महतको उपचार नेपाल र भारतका विभिन्न अस्पतालमा गरिएको थियो।
रौतहटको चन्द्रपुर नगरपालिका ४ निवासी महत दुई दशकदेखि पत्रकारितामा क्रियाशील थिए। चन्द्रपुरस्थित रेडियो सुप्रिमको सञ्चालक तथा अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत उनी नेकपा एमालेनिकट प्रेस चौतारीको मधेस प्रदेश पूर्व अध्यक्षसमेत थिए।
उनको निधनप्रति नेपाल पत्रकार महासंघ, प्रेस चौतारी लगायतका संघसंस्थाले दुःख व्यक्त गरेका छन्।
घरका जेठा छोरा उनका आमाबुवा, श्रीमती र दुई छोरा छन्। निधनपछि महतको पार्थिव शरीर काठमाडौँबाट चन्द्रपुरस्थित घर लगिएको छ ।