आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

बुधबार, बैशाख ३१ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बेलुका ६ बजे बैठक बस्ने बताइएको छ ।

सोमबारको नियमित बैठक नबसेपछि ओलीले बुधबार साँझ ६ बजे बस्नगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

बैठकले गभर्नर सिफारिस समितिको रिक्त सदस्य नियुक्ति गर्ने बताइएको छ । समितिका सदस्य डा.विश्व पौडेलले गभर्नर बन्ने दाैडमा पदबाट राजीनामा दिएका थिए ।

नेपाल राष्ट्र बैंक गत चैत २४ गतेदेखि भर्नरविहीन अवस्थामा छ । गभर्नर नियुक्तिमा ढिलाइ भइरहेकामा सरकारको आलोचना भइरहेको छ । कानूनतः गभर्नको कार्यकाल सकिनु एक महिना अगावै नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने व्यवस्था रहेको छ ।