आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

मंगलबार, बैशाख ३० २०८२

चितवन । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका—१७ का १८ वर्षीय कुमार नेपाली रहेका छन् ।

मझुवास्थित नदीमा डुबेर बेहोस भएका उनलाई उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएकामा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।