काठमाडौं । भारतीय क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
उनले सन्यासको घोषणा गर्दै १४ वर्षको गौरवशाली करियरको अन्त्य गरेका हुन् । जसमा १२३ टेस्ट समावेश छन् । जसमध्ये ६८ कप्तानको रूपमा उनले ४६.८५ को औसतमा ९२३० रन बनाएका छन् ।
तर बीसीसीआईले यस विषयमा विराट कोहलीलाई मनाउन खोजिरहेको छ । बीसीसीआईले विराटलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । अब यो निर्णयमा विराट के सोच्छन् त्यो भने आउने समय मै थाहा हुनेछ