काठमाडौं । संघीय संसद अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ। आज संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्ने छ।
बैठक बिहान ८ः०० बजे बोलाइएको छ। यो बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।