बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीको उद्वार गर्न माग

शुक्रबार, बैशाख २६ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीको उद्वार गर्न माग गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा सांसद शिशिर खनालले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीले उद्धारका लागि अनुरोध गरेको भन्दै तत्काल उद्वार गर्न माग गरेका हुन् ।

‘पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीले उद्धारको अनुरोध गर्नुभएको छ। तुरुन्त उद्धार र सुरक्षाको पहल होस्,’ उनले भने।

यस्तै शून्यसमयमा बाेल्दै रास्वपाका सांसद हरि ढकालले राष्ट्र बैँकको गभर्नर नियुक्तिका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरे ।

सांसद ढकालले मुलुक ग्रे लिष्टमा परेको अवस्थामा गभर्नरको एक एक दिनको समय महत्त्वपूर्ण हुने भन्दै तत्काल नियुक्ति गर्न रुलिङ गर्न आग्रह गरे ।

गभर्नर खाली भएको वैशाख २४ गते एक महिना पुगेको छ । तर, सरकारले नियुक्तिका लागि प्रक्रिया अगाडि बढाए पनि सिफारिस समितिले कानुन बमोजिम गभर्नर बन्नेहरूको नाम सिफारिस गर्न सकेको छैन ।