काठमाडौं । इजरायलले हमासको नियन्त्रणपछि सम्पर्कविहीन रहेका नेपाली विद्यार्थी विपिन जोशीको जीवनको संकेत पाउन नसकिएको बताएको छ ।
इजरायली अधिकारीहरूले जोशीसहित तीनजनाको जीवनको संकेत नभेटिएको बताएका हुन् ।
विपिनसहित थाइ नागरिक पिन्टा नाट्टापोङ र एक जना इजरायली नागरिकको अवस्था अझै अज्ञात रहेको छ ।
यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हाल हमासको नियन्त्रणमा केबल २१ जना बन्धक रहेको बताएका थिए ।
उनीहरु जीवित रहेको विषय ‘गम्भीर शंकाको घेरामा’ रहेको ती अधिकारीहरुको भनाइ छ ।