बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कन्काई पुल निर्माणको ढिला-सुस्तीबारे सांसद साँवाले गराए सरकारको ध्यानाकर्षण

बिहिबार, बैशाख २५ २०८२

काठमाडौं । कन्काई नदीको पुल निर्माणमा भएको ढिला-सुस्तीबारे एमाले सांसद एलपी साँवा लिम्बुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

विहीबार प्रतिनिधि सभा बैठकको सून्य समयमा बोल्दै सांसद साँवाले हुलाकी राजमार्ग अन्तर्गत कन्काई नदीमा निर्माणाधिन पुल विगत १४ बर्षदेखि अलपत्र रहेको जनाए । ३ बर्षमा निर्माण सम्पन्न गर्नेगरी विसं २०६८ सालमा ठेक्का सम्झौता भएको पुल १४ बर्ष वितिसक्दा पनि  बनि नसकेकाे भन्दै उनले आपक्ति जनाए ।

सांसद साँवाले यस विषयमा आफूले संसदमा धेरै पटक कुरा राख्दा पनि सरकारले ध्यान नदिनु चिन्ताको विषय भएको बताए । उनले भने, ‘यो अवधिमा १० ओटा सरकार बन्यो, विभिन्न दलका गरी ७ जना प्रधानमन्त्री, १३ जना भौतिक पूर्वाधारमन्त्री पनि भए, सबै पार्टीका हुनसक्ने जति भए तर ठेकेदार उही छ पुलको अवस्था उही छ ।’

पुल निर्माणमा तदरुकता  देखाउन सांसद साँवाले सरकारसँग आग्रह गरेका छन् ।

हुलाकी राजमार्गअन्तर्गत झापाको गौरीगन्ज गाउँपालिका र झापा गाउँपालिका जोड्ने कन्काई नदीको पुल १४ वर्षदेखि अलपत्र छ ।

सरकारी बेवास्ता र निर्माण व्यवसायी कम्पनी पप्पु–महादेव–खिम्ती जेभीको चरम लापरबाहीले पाँचपटक म्याद थप्दा पनि काम सकिएको छैन ।

पुलको निर्माणकाे ठेक्का निर्माण कम्पनी महादेव–खिम्ती र पप्पु कन्स्ट्रक्सन जेभीले गरेका हुन् ।

कन्काई पुल नबनेपछि स्थानीय भने जोखिपूर्ण रूपमा बर्खामा डुंगा र हिउँदमा बाँसको पुलमा यात्रा गर्न बाध्य छन् ।