काठमाडौँ । बाथरुम जानेक्रममा लडेर घाइते भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियमित काममा सक्रिय भएका छन् ।
गएराति बाथरुम जानेक्रममा लडेर घाइते भएका प्रचण्डलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो। सुत्न जानुअघि शौचालय जाँदा लडेको उनको सचिवालयले जनाएको छ ।
उपचारपछि बुधबार बिहान उनलाई डिस्चार्ज गरी घर ल्याइएको छोरी गंगा दाहालले जानकारी दिएकी छन् । गएराति घरमै लडेर घाइते भएका दाहाललाई रातिनै अस्पताल पुर्याइएको थियो ।
‘गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकाले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँछु,’ छोरी गंगाले फेसबुकमा लेखेकी छन्, ‘बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद ।’