काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्।
गएराति खुमलटारस्थित निवासमा शौचालयमा लडेर उनी घाइते भएका हुन् ।
प्रचण्डलाई राति नै मेडिसिटी अस्पताल लगिएकाे थियाे ।
उनको टाउको र निधारमा चोट रहेपनि अवस्था सामान्य रहेकाे र चेकजाँचपछि उनी अहिले नियमित काममा फर्किएको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।