काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा उपप्रधानमन्त्री एवंअर्थमन्त्री विष्णु पौडेलले सक्रियता बढाएका छन् ।
यसै सन्दर्भमा अर्थमन्त्री पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
पौडेल मंगलबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । आगामी बजेट निमार्णको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डसँग विमर्श गरेका हुन् ।
यसअघि सोमबार अर्थमन्त्री पौडेलले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।
बूढानीलकण्ठस्थित देउवा निवास पुगी उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले कांग्रेस सभापति देउवासँग बजेटबारे परामर्श गरेका थिए।

त्यस अवसरमा सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिएका थिए ।
सरकारले शुक्रबार आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम ल्याएको थियो । नीति तथा कार्यक्रममाथि संघीय संसद्का दुवै सदनमा छलफल जारी छ ।
राष्ट्रियसभामा आइतबारदेखि छलफल शुरू भएको थियो भने प्रतिनिधिसभामा सोमबारदेखि छलफल शुरू भएको छ ।