आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नीति तथा कार्यक्रमलाई सरकारले कर्मकाण्डी बनाएको प्रचण्डको आरोप

सोमबार, बैशाख २२ २०८२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले नीति तथा कार्यक्रमलाई ‍औपचारिक

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले नीति तथा कार्यक्रमलाई ‍औपचारिक र कर्मकाण्डी मात्रै बनाएको आरोप लगाएका छन् ।

गत वर्ष नीति तथा कार्यक्रममाथि लोकतान्त्रिक विधिबाट व्यापक छलफल र बहस गरेर अन्तिम रूप दिन खोजिएको भए पनि यस वर्ष सरकारले उक्त प्रक्रिया भत्काएको उनले बताए ।

अध्यक्ष प्रचण्डले सरकारसँग संख्याको दम्भ र निरंकुशतावादी चिन्तन रहेको बताए । ‘सरकारसँग संख्याको दम्भ छ, जे गरे पनि हुन्छ भन्ने निरंकुशतावादी चिन्तन छ । त्यही भएर नीति तथा कार्यक्रम र बजेटका बारेमा संसदमा हुने छलफललाई फेरि कर्मकाण्डी बनाइयो,’ उनले भने ।