काठमाडौं । झापामा सोमबार बिहान प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।
बिहान पौने ९ बजे कनकाई नगरपालिका–४ तल्लो चाप्रामारीमा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले दुई राउण्ड गोली चलाएको हो ।
शरणामतीबाट सुरूङ्गातर्फ जाँदै गरेको मोटरसाइकललाई रोकेर जाँच्ने क्रममा मोटरसाइकल र झोला फालेर एक पुरूष भागेपछि दुई राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
प्रहरीका अनुसार झोलासहित २०४.०८० ग्राम बराबरको ब्राउन सुगर बरामद भएको छ । फरार लागूऔषध कारोबारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।