काठमाडौं । संघीय संसद्मा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ । यसअन्तर्गत राष्ट्रिय सभामा पनि आजदेखि नै छलफल सुरु हुँदैछ ।
भोलि (मंगलबार) प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा जवाफ दिने भएका छन् ।
मंगलबार बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिन लागेका हुन् ।
वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गरेका थिए । त्यसमाथि आज देखि छलफल हुन लागेको हो ।
राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । सभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसपछि आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुनेछ ।