आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मधेश प्रदेशमा भोलि सार्वजानिक विदा

सोमबार, बैशाख २२ २०८२

जनकपुर । मधेश प्रदेश सरकारले सार्वजानिक विदा थप गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले गत चैत २२ गते आफ्नो राजपत्रमा प्रकाशित विदामा थप गरेको हो ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकद्वारा यही वैशाख २१ गते जारी सूचनाका अनुसार यही वैशाख २३ गते मंगलबार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते बुधवार कविर दास जयन्तीका दिन प्रदेशमा विदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।