ललितपुर । ललितपुरको सातदोबाटो–हात्तीवन सडकमा कार दुर्घटना भएको छ ।
सातदोबाटो–हात्तीवन ओरालोमा कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुगेपछि यातायात आवागमन बन्द गरिएको छ ।
पोलमा ठोक्किएको कारमा सवार तीनजना घाइते भएका छन् ।
उनीहरुको बीएण्डबी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गएराति बा१५च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको थियो ।
कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ । दुर्घटनाको प्रकृति हेर्दा कार तीव्र गतिमा भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।