हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ।
प्रदेश सरकारले प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयन भएको दिन वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
बागमती मन्त्रिपरिषदले निर्णय गत चैतमा नै गरेको हो।
बागमतीले २०८२ सालमा संघ सरकारले दिनेभन्दा ४ दिन थप बिदा दिने निर्णय गरेको थियो।
प्रदेश सरकारले प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयन भएको दिन (बैशाख २४ गते), गाईजात्राको दिन साउन २५ गते, चेपाङ समुदायको न्वागी भदौ २२ गते र माझी समुदायको लदी पर्व फागुन १९ गतेका दिन बिदा दिने निर्णय गरिएको हो ।