आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रसाईं र मिश्रलगायतलाई पाँच दिन म्याद थप

प्रसाईंलाई क्यान्सर रोग उपचारको व्यवस्था गर्न आदेश

सोमबार, बैशाख २२ २०८२

काठमाडौँ ।  जिल्ला अदालत काठमाडौँले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका दुर्गा प्रसाईं र रविन्द्र मिश्रलगायतलालाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको छ ।

न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले शनिबारदेखि लागू हुनेगरी पाँच दिन म्याद थप गरेको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि गत १४ वैशाखमा उनीहरूकाे ७ दिन म्याद थपिएको थियो ।

प्रहरीले संगठित अपराध र राज्यद्रोह अनुसन्धानमा मिश्र र दुर्गा प्रसाईसहित २५ जनामाथि थुनामा राखेर राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।

गत चैत १५ गते राजावादी समर्थकहरूले निकालेको प्रदर्शनमा २ जनाको मृत्यु हुनुका साथै भौतिक संरचनामा ठुलो क्षति भएको थियो । जहाँ मिश्रलगायतले प्रदर्शनलाई उक्साएको आरोप लगाइएको छ ।

यसअघि, अदालतले प्रसाईंलाई क्यान्सर रोग उपचारको व्यवस्था गर्न आदेश गरेको थियो ।